भर्खरै : Sorry, your browser does not support inline SVG.

भुकम्प पिडितको उद्दार कार्यमा नेपाली सेना

भुकम्प पिडितको उद्दार कार्यमा नेपाली सेना

डोटी । सूदुरपश्चिमको खप्तड क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भुकम्पका पीडितहरुलाई नेपाली सेनाले उद्दार गरेको छ । बुधबार गएको भुकम्पका कारण डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं ३ स्थित गैरागाउँमा जनधनको क्षति हुँदा सेनाको खोज तथा उद्दार टोलीले उद्धार गरेको हो ।

नेपाली सेनाले जिल्लाका अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा भुकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै भुकम्पमा परी घाईते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगेको जनाएको छ ।

उक्त घटनमा घाईतेहरु मध्ये गम्भिर अवस्थाका २ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको उद्दार टोलीले जिल्ला रेडक्रस सोसाईटी, डोटीसंग आवश्यक समन्वय गरी भुकम्प पीडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडा लगायतका राहत सामग्रीहरु समेत वितरण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.