भेरी नदीमा बस खस्दा १ को मृत्यु, २ जना घाइते

भेरी नदीमा बस खस्दा १ को मृत्यु, २ जना घाइते

सुर्खेत । गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

दाङबाट सल्यान सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको हो ।

अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

 

 


Thali Mobile Pvt.Ltd.