पोखरा । प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित भएरै छाड्ने बताएका छन् ।
बिहीबार पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै उनले संसद ब्यूँतिन पहिलेको जस्तो लामो समय नलाग्ने दाबी गरेका हुन् । २०१७ सालको संसद विघटनलाई फर्काउन ३० वर्ष लाग्यो ।
आफूले बिना आधार नबोलेको नेता भट्टराईले बताए । प्रधानमन्त्री ओलीलाई गल्ती महसुस गरेर फर्किन सुझाए दिदै पछि फर्किँदा समयले साथ नदिने उनको भनाई छ । प्रधानमन्त्रीले आफूलाई मात्रै नभई देशलाई नै प्रतिगमनतर्फ धकेलेको उनको भनाइ छ । अहिले शक्ति भएकाले प्रधानमन्त्रीलाई भारतीय नेत्री इन्दिरा गान्धीको जस्तै उन्माद चढेको आरोप लगाए ।
