भर्खरै : Sorry, your browser does not support inline SVG.
नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प | सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित |

भोजपुरमा भेटिए कालाजारका बिरामी

भोजपुरमा भेटिए कालाजारका बिरामी

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको पौवादुङमा–५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको उनले बताए । “हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ । यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सक्रियता र सचेतनाका कार्यक्रम अगाडि बढाएका छौँ”, वडाध्यक्ष राईले भने, “कसैमा ज्वरोकोे लक्षण देखिएमा तत्काल मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेका छौँ ।”

कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको उनले बताए। मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष राईले जानकारी दिए । कालाजार देखिएका वृद्धको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाबाट सहयोग जुटाएर बाहिरका अस्पताल पठाउने तयारी भइरहेको उनको भनाइ थियो ।

गाउँपालिकामा कालाजारको बिरामी देखिएकाले यसको रोकथामका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गर्नुका साथै सजकता अपनाएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । “पालिकामा कालाजारका बिरामी देखिएसँगै हामीले थप सजकता अपनाएका छौँ । बिरामी देखिएका क्षेत्रमा किटनाशक विषादी छर्ने तयारी भइरहेको छ”, उनले भने, “योसँगै परीक्षणको दायरा बढाएका छौँ । लक्षण देखिएका बिरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक सहयोग गर्नेछौँ ।”

पालिकाभित्र कालाजार देखिएपछि डब्लुएचओको सहयोगमा परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कालाजार देखिएका बिरामीलाई पालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने उनको भनाइ थियो । तराईका जिल्लामा बढी मात्रामा कालाजारका बिरामी देखिए पनि यहाँको तल्लो भेगमा गर्मी बढी हुने भएकाले बिरामी फेला परेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले बताए। रोकथाम तथा नियन्त्रणका लागि शाखाले पालिका तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक काम गरिरहेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.