भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछः प्रचण्ड

मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछः प्रचण्ड

जलेश्वर । नेकपा माओवादी केन्द्र का. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताए । रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मणिपालको जग्गा नजिकै आज बिहान साढे ११ बजे स्थानीयवासीले उनलाई रोकेर वर्षौंदेखि किसानको उब्जाउ जग्गा ओगटेर मणिपालले बञ्जर बनाइरहेकामा दुःखेसो सुनाएपछि उनले सो जग्गामा चाँडै ठूलो परियोजना बसाल्ने बताए ।

तीस वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेको अन्नको भण्डारका रुपमा रहेका करोडौँ मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए । प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र रु १० हजार प्रतिकट्ठाका दरले लिइएको थियो ।

किसानको दुःखेसो सुनेर प्रचण्डले नआत्तिन आश्वासन दिँदै चाँडै सो जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुने बताए। स्थानीय किसानले प्रचण्डलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने प्रचण्ड सो स्थानमा पाँच मिनेट मात्रै किसानको कुरा सुनेर उनीहरुलाई आश्वासन दिँदै रामगोपालपुरतिर लागेका थियो ।

 


Thali Mobile Pvt.Ltd.