भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सुरक्षा संवेदनशीलताका आधारमा दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिए

सुरक्षा संवेदनशीलताका आधारमा दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिए

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएको हो ।

नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, सशस्त्र प्रहरी बलबाट ३२ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट दुई हजार कर्मचारी निर्वाचन सुरक्षाका लागि कार्यक्षेत्रमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै, निर्वाचन सुरक्षाका लागि भनेर भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि निर्वाचन सुरक्षार्थ खटिएका छन् । एकीकृत सुरक्षा योजना–२०७८ अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

देशभरका १० हजार ७५६ मतदान केन्द्रमध्ये २ हजार ९४६ वटालाई अति संवेदनशील मानेको छ भने ४ हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य छन् । सबैभन्दा बढी अति संवेदनशील मतदान केन्द्र मधेश प्रदेशमा छन् ।

मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ लाई चुनौतिपूर्ण मानिएको मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मतदान केन्द्रको सुरक्षाका संवेदनशीलताका आधारमा पहिलो घेरामा ८ देखि ११ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

मतपेटिकाको सुरक्षासँगै प्रहरीले आफ्नो नेतृत्वमा म्यादी प्रहरीलाई पनि खटाउने छ । मतदानपश्चात् मत पेटिकाको ढुवानी र सुरक्षा, जित्ने र हार्ने पक्ष दुवै पक्षका उम्मेदवारको सुरक्षाका लागि पनि प्रहरीले आन्तरिक तयारी पूरा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.