मत हाल्न गाउँ जानेलाई काठमाडौंबाट ‘निःशुल्क बस’ सेवा

मत हाल्न गाउँ जानेलाई काठमाडौंबाट ‘निःशुल्क बस’ सेवा

काठमाडौं । काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीमा यात्रुको चाप बढ्न थालेको छ । चुनावमा मत खसाल्न गाउँ जानेहरु बढेसँगै बस स्टप र बससहित सार्वजनिक सवारीमा भीडभाड बढेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आगामी ४ मंसिरमा हुँदैछ ।

थातथलो छोडेर शहर बस्नेहरुलाई चुनाव मत हाल्नका लागि गाउँ लैजान ठूलादलहरुले निशुल्क बस लैजाने जोडबल गरेका छन् । आफ्नो पक्षमा बढी भन्दा बढी मत खोसोस् भनेर नै यात्रुको सबै खर्च आफैंले ब्यहोरेर दल, उम्मेदवार एवं कार्यकर्ताहरुले निःशुल्क बसहरु व्यवस्थापन गरेको सार्वजनिक भएको छ ।

मतदाता ओसार्न दलहरुले नै बसहरु बुक गर्न थालेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यष सरोज सिटौलाले बताए । उनले भने, ‘यात्रुहरुलाई गाउँ लैजान दलले सुरु गरिसकेकाले अहिले सवारी बुकिङ बढेको हो ।’ चुनावमा दलहरुले आफ्ना मतदातालाई निःशुल्क घर पुग्ने व्यवस्था गर्नु नौलो होइन । स्थानीय चुनावमा पनि दलहरुले निःशुल्क गाउँ लैजाने गरेका थिए । काठमाडौंबाट धेरै यात्रुहरु बाहिरिन थालेको सिटौलाले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.