भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

बाग्लुङ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो ।

बुधवार बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौलगायतका ठाउँ पुग्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेको हो । कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.