भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

मध्यपुरमा गठबन्धन विजयी

मध्यपुरमा गठबन्धन विजयी

भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट मयर र उपमेयर विजयी भएका छन् ।

वडा नम्बर ८ को मत परिणामसंगै प्राप्त नतिजा अनुसार गठबन्धनका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।

नगरउपप्रमुखमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाएकी छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा मदनसुन्दर श्रेष्ठले १४ हजार मत प्राप्त गरेका थिए भने, उनका प्रतिद्वन्द्वी अष्टकुमार कवेले १० हजार १६५ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा मदनसुन्दरले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउन सकेनन् ।

मदरसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ नाताले जेठान हुन् । मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.