भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मध्यपुर थिमिमा सम्पदा पदयात्रा

मध्यपुर थिमिमा सम्पदा पदयात्रा

मध्यपुर थिमि । विश्व मुटु दिवसको अवसरमा असोज १३ गते मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुने भएको छ । शनिवार लायन्स क्लबको आयोजना गर्ने सम्पदा पदयात्रामा सहभागि हुन अनुरोध गरिएको छ ।

“मुटुको प्रयोग गर्नुहोस् मुटुको बारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ नगर क्षेत्र भित्र रहेका विभिन्न सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक महत्वका सम्पदा स्थलहरुको अवलोकन गर्न बृहत् पदयात्राको आयोजना गरिएको प्रमुख उद्धव सिलवालले बताए ।

शनिवार बिहान ७ बजे शंखधर चोकबाट सुरु भई बालकुमारी मन्दिर, दुई पोखरी, भुलाखेल, पाटी विहार, सिद्धि काली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, तिगनी, बोडे, कमलपोखरी हुँदै ११ बजे बोडेको बालकुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रममा परिणत हुने आयोजकले जनाएको छ ।

त्यही दिन समापन हुने प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थ भट्टले बताए । पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट सम्पदाको जानकारी, सांस्कृतिक झाकी, नृत्य र नेवारी भोजनको समेत व्यवस्था गरिएको छ।

लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वर लगायतले उक्त पदयात्राको आयोजना गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.