भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भक्तपुरका स्वास्थ्यकर्मीद्वारा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातीक आक्रमणको भत्सर्ना

भक्तपुरका स्वास्थ्यकर्मीद्वारा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातीक आक्रमणको भत्सर्ना

भक्तपुर । देशका विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातीक आक्रमणविरुद्ध  भक्तपुर जिल्लाका स्वास्थ्यकर्मीहरुले भत्र्सना गरेका छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ बिगत केही दिनदेखि हेटौंडा, लम्जुङ्, बुटवल, धनगढी र पोखरा एवं चितवन लगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएका सांघातीक हमला एवं संस्था माथि भएका तोडफोडका घटनाहरुप्रति भक्तपुर जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यस्ता अपराधिक क्रियाकलाप विरुद्ध भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी परिवार घोर भत्सर्ना गर्दै घोषीत आन्दोलनका बिभिन्न कदमहरुमा एैकेबद्धता समेत रहेको विज्ञप्तिमा भनिएको छ ।

एैकेबद्धता जनाउने डाक्टरहरुमा डा.हरि बराल,डा.रोजन अधिकारी,डा.निरजन कार्की,डा.सृजना कोइराला,डा.योजना शाक्य डा.आकाश न्हेम्हाफुकी,डा दुर्गा थापा,डा.उत्सव भट्टराई,डा.सृजन खरेल,डा.विमला देव यादव,डा. गीता कोजु,डा.सुषमा भन्डारी,डा. मधु पाण्डे,डा.लाल कुमार पुन,डा. अविनाश कश्प, डा.सैलेन्द्र महर्जन,डा.धर्म लक्ष्मी बासुकला,डा.दिवाकर कोइराल,डा.ईशान कुमार माकजू,डा. विनित ढकाल,डा.मञ्जु कर्माचार्य,डा.सुभाष चन्द्र यादव,डा.देभेन्द्र भट्टराई,डा.महिमा पन्त,डा.सुष्मा खड्का,डा. सबनम श्रेष्ठ,डा.रन्जिस पहारी,डा.अस्मिता महर्जन,डा.अंकुर पौडेल,डा.शुभेक्षा घिमिरे,डा.अनिशा गुरुङ,डा.इरा फोजू,डा.सन्जीव यादव,डा.आशिस अधिकारी र डा.सुजाता श्रेष्ठ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.