भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मलका लागि आन्दोलन गर्ने किसानको तयारी

मलका लागि आन्दोलन गर्ने किसानको तयारी

काठमाडौं । मकै र धान खेती गर्ने समय आइसक्दा पनि किसानले समयमै रसायनिक मल अभाव भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले समयमै मल उपलब्ध नगराए सिंहदरबारमा धर्ना दिने बताएका छन् ।

यसैबीच अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले कृषि सामग्री कम्पनी धुलिखेल शाखामार्फत वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १० हजार टन युरिया र ५ हजार टन डीएपी मल उपलब्ध गराउन माग गरेको छ ।

मल, बीउबिजन लगायतका आधारभूत वस्तु उपलब्ध नहुँदा कृषकहरू मारमा परेको भन्दै ज्ञापन पत्र बुझाएको हो । रसायनिक मलको समस्या तत्काल समाधान नभए आन्दोलनमा जान बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

मलको कारोबार गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलस्थित गोदाम र साल्ट ट्रेडिङ कर्पोरेसन बनेपास्थित गोदाम खाली छ । भागबन्डा गरिएका १०–१५ वटा सहकारीले लान बाँकी रहेका करिब १६ सय बोरा मलबाहेक अरू मल मौज्दात नभएको कृषि सामग्रीका धुलिखेल शाखा प्रमुख वासुदेव शर्माले बताए ।

वैशाखमा २ पटक गरेर आएको मलमध्ये काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोकका ४ सय सहकारीमार्फत बिक्री गरिएको शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.