भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

दुइ अस्पताल कारवाहीकाे दायरामा, थप ८२ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १६,८०१ पुग्यो (भिडियो)

दुइ अस्पताल कारवाहीकाे दायरामा, थप ८२ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १६,८०१ पुग्यो (भिडियो)

२८ असार २०७७ काठमाडौं । कोरोना संक्रमण उकालो चढिरहेका बेला किन घट्यो परिक्षणको दायरा ? नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आज थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि घर फर्किएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ८५८९ पुगेको छ भने कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौंमा ५, ललितपुरमा १ जना संक्रमण पोजेटिभ
काठमाडौं र ललितपुरमा गरी आज ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं उपत्यकासहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

जिल्लागत संक्रमित
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८२ जना संक्रमित भेटिएका् छन्। यसअघि शनिबार करिब डेढ महिनापछि ७० जनामा मात्र संक्रण पुष्टि भएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ र मोरङका २ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ र सर्लाहीका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ३ र सिन्धुपाल्चोकका १, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितनवका ५ जनामा कोरोना भेटिएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा मकवानपुर र सिन्धुलीका १÷१, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २, ललितपुर र सोलुखुम्बुका १÷१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २, नवलपरासी पूर्वका १, पर्वतका २, स्याङजाका १ र तनहुँका ६ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका १ र लमजुङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मी र पाल्पाका १÷१ जनामा कोरोना पाइएको छ । आरटी पिसिआर प्रयोगशाला दैलेखमा १, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा ११ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका ७, डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका १, डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा कैलालीका २ र दार्चुलाका १ जनामा कोरोना पुष्टि भएको छ । मुलुकभर हाल ८ हजार १ सय ७४ जना अस्पतालको आइसोलेसनमा र २३ हजार ७ सय ८४ जना क्वारेन्टाइनमा रहेका छन् ।

भिडियाे हेर्न यहाँ थिच्नुस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/319296729235597/

स्वीकृति नलिई मनपरी सुल्क असुल्दै ग्राण्डी र ह्याम्समा कोरोना परीक्षण
ग्राण्डी र ह्याम्स अस्पतालले स्वीकृति नलिई कोरोना परीक्षण गरेको पाइएपछि अनुसन्धान गर्न थालिएको छ । सरकारी निर्देशिका विपरित स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि कारबाही गर्न लागेको मन्त्रालयले जनाएको छ।

गुणस्तर मापन तथा अनुगमन महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको छ । स्वीकृत नै नलिई कोरोना परीक्षण गरिएपछि छानविन समितिलाई २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.