भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मल नपाउदा सर्लाहीका किसानहरु चिन्तामा

मल नपाउदा सर्लाहीका किसानहरु चिन्तामा

सर्लाही । पछिल्लो समयम देशका विभिन्न भागमा रासायनिक मलको अभाव भएको छ । यसै अन्र्तगत सर्लाहीमा रासायनिक मल नपाएपछि किसानहरू मलखाद नहाली बर्खे बाली लगाउन बाध्य भएको जनाइएको छ । सरकारले पाँच सय मेट्रिक टन मल पठाएको भए पनि कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले अहिलेसम्म वितरण नगरेको किसानको गुनासो रहेको छ ।

छिट्टै मल वितरणको सूचना निकाल्ने कार्यालयका प्रमुख दीपक बर्मेलीले बताए पनि डिलरहरूले भने थोरै मात्रामा मल उपलब्ध गराउँदा ढुवानी खर्च मात्रै बढ्ने तर्क गरेका छन् । एक पटकमा कम्तीमा १ सय ५० बोरा मल ढुवानी गर्ने टेलरहरूलाई २५–३० बोरा मात्र मल दिने गरिएको छ । यो वर्ष समय अगाडी नै धेरै पानी परेका कारण खुशी भएका किसान मल नपाउदा भने निराश बनेका छन्।

 


Thali Mobile Pvt.Ltd.