भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

महाकालीमा भारतको दादागिरी,नेपालको आग्रहलाई बेवास्ता गर्दै एकतर्फी तटबन्ध बनाउदै

महाकालीमा भारतको दादागिरी,नेपालको आग्रहलाई बेवास्ता गर्दै एकतर्फी तटबन्ध बनाउदै

दार्चुला । नेपालीको आग्रहलाई बेवास्ता गर्दै भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माणलाई जारी राखेको छ । अन्तर्राष्ट्रिय सहमतिविपरीत दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि नदी क्षेत्र मिचेर भारतले एकलौटी तटबन्ध बनाइरहेको छ ।

सीमामा संरचना निर्माण गर्न सहमति चाहिन्छ तर भारतले कुनै सहमति नगरि उल्टै नेपालको आग्रहलाइ बलमिच्याई गरेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत २०७० असारमा आएको बाढीले धार परिवर्तन गरी नदी वारि (नेपाल) आए पनि उक्त भूभाग नेपालको भएको सार्वजनिक जानकारी भारतलाई दिइसकेको छ ।

जिल्ला प्रशासनले गत पुस २ गते सीमा नदी मिचेर भइरहेको तटबन्ध निर्माण रोक्न आग्रह गर्दै भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल कार्यालयलाई पत्र समेत पठाएको थियो । त्यो पत्रको बोधार्थ गृह मन्त्रालयमा पनि छ । भारतले बलमिच्याई गरेर निर्माणकार्य तीब्र बनाएपछि पुस ५ र २० गते गृह मन्त्रालयलाई पुनः पत्र पठाइएको थियो । गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पत्र पठाइए पनि निर्माण कार्य नरोकिदा प्रशासन थप गृहकार्यमा लागेको जनाएको छ ।

पछिल्लो समय माथिल्लो निकायबाट लिखित कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । स्थलगत निरीक्षणपछि परराष्ट्र मन्त्रालयलाई माघ ५ गते प्रतिवेदन बुझाएको जानकारी नापी अधिकृत जयानन्द जोशीले दिए । भारतीय पक्षले महाकालीको बहाव परिवर्तन गर्ने ढंगले संरचना निर्माण गरिरहेपछि स्थानीय आक्रोषित भएका छन् ।

तटबन्धले नदीको बहाव धकेल्ने र नेपालतर्फ जोखिम बढ्ने प्राविधिकको भनाइ छ । अहिले निर्माण भइरहेको ठाउँ नेपालको सार्वजनिक जमिन हो । बाढीपछि नदी साविकको जिल्ला वन र भूसंरक्षण कार्यालयको भूभागबाट बगिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.