महाकालीमा वहाब बढ्‍यो, सावधानी अपनाउन प्रशासनको आग्रह

महाकालीमा वहाब बढ्‍यो, सावधानी अपनाउन प्रशासनको आग्रह

धनगढी । तीन दिनदेखिको अविरल वर्षाले विभिन्‍न नदी र खोलामा बाढी आएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा पानीको वहाब बढदै गएपछि सो क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै वर्षाका कारण महाकाली नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्‍न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

महाकालीमा पानीको वहाब बढेर ५ सय ८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ । जिल्लाका केही साना नदीमा पनि वहाब बढेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.