भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

महामारीकै बेला बारामा अर्को विपत्ति

महामारीकै बेला बारामा अर्को विपत्ति

७ बैशाख २०७७ बारा । मुलुक २७ दिनदेखि लकडाउनमा रहेको छ । यही कोरोना महामारीकै बेला जिल्लामा अर्को विपत्ति परेको छ । बाराका किसानलाई यही समयमा आएको अर्को विपत्तिले पीडासंगै थप चपेटामा पारिदिएको छ । हावाहुरी र असिनापानीले ठूलो क्षति पुर्‍याएको छ। किसानले लगाएको गहुँ र मकै तथा केरा खेतीमाअधिक क्षति पु¥याएको छ ।

किसानले ११ सय विगाहा क्षेत्रफलमा लगाएको केरा ७५ प्रतिशत क्षति पुगेको छ। करिब ४० करोड बराबरको क्षति भएको किसानले बताएका छन् । अधिकांश किसानले बीमा समेत नगरेकाले सरकारसँग राहत उपलब्ध गराउन माग गरिने बताएका छन् ।

साढे तीन बिगाहा जमिन भाडामा लिएर खेती गरेका निजगढका किसान विनोद न्यौपानले केरा खेती हुरीले ढालेर नष्ट पारिदिएपछि अब कसरी तिर्ने भन्ने चिन्ता सुरु भएको बताए। गहुँ बालि भित्र्याउने समयमा आएको असिना पानीले पाकेको गहुँ खेतमै झारिदिएको, मकैका बोटहरु भाँचिदिएको, फलफुल खेतीमा ठुलो नोक्सान भएको किसानले बताएका छन्।

आँप, लिची, कटहरलगायत फलफुल नष्ट भएको कृषि ज्ञान केन्द्रका बाराका प्रमुख जितेन्द्र यादवले बताए। उनले तरकारी र फलफुल खेती बढी क्षति भएको बताए। प्रहरी चौकी लंगडाको छाना समेत उडाईदिएको छ। क्षतिको लगत संकलन भइरहेकाले तत्काल यकिन गर्न नसकिने जिल्लाका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए। हावाहुरीले निजगढका दर्जन बढी घरको छानो उडाएको छ । हुरीले घरको छानो उडाएपछि अहिले बिचल्ली भएको बाराको निजगढ ४ का ममता धामीले बताईन्।

 


Thali Mobile Pvt.Ltd.