काठमाडौं । प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन् ।
अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र वैज्ञानिक, पूर्वराजदूत, कुटनीतिज्ञ एवं शैक्षिक अभियन्ता प्रहल्लाद कुमार प्रसाईं,
प्रशिद्ध कवि नवराज पराजुली, नारायण पोखरेल फाउण्डेसन, इञ्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।
फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो ।
