भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित

मनाङ । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ । त्यस्तै मनाङको सदरमुकाम चामेमा बाढीले पाँच घर डुबायो । सदरमुकाममा नै रहेको तातोपानी बगायो ।

घट्टेखोलामा आएको बाढीले पनि पाँच घर बगायो । मस्र्याङ्दी नदीको किनारमा धेरै बस्ती रहेकाले नदीको सतह बढेपछि डुबानमा पर्नुका साथै कटानले भौतिक संरचना बगाएको छ । मनाङवासीको घर पनि बगाएपछि उनीहरू एक महिना हुँदासम्म त्रिपालमुनि बस्न बाध्य भएका छन् । चामेकी स्थानीयवासी सीता गुरुङ लगातार पानी परेपछि आएको बाढीले घर बगाएको र घर बगाएपछि बास र गाँसको समेत समस्या रहेको बताउनुहुन्छ ।

“बाढी पहिराले घर बगाएपछि एक महिनासम्म त्रिपालमा बास बस्न बाध्य भएका छौँ, लगातार पानी पर्न नरोकिँदा त्रिपालबाट पनि पानी चुहिन थालेको छ, मनाङ चिसो ठाउँ न हो, सुत्ने ठाउँमा पानीले रुझ्ने र ओढ्ने, ओछ्याउने कपडा नहुँदा समस्या भएको छ”, सीता भन्नुहुन्छ । लामो समयदेखि लगातार वर्षा हुँदा मनाङवासीलाई त्रिपालको बास बनाएको छ । त्रिपालमा बस्नसमेत पानी चुहिने, सुत्दा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा अर्को रोगको समस्या देखिनसक्ने अवस्था छ । निरन्तरको वर्षाले त्रिपालमा पानी जमेर चुहिने भएपछि बाढीपहिरा पीडित सङ्कटमा परेका छन् ।

पहिले मनाङमा यति ठूलो बाढीपहिरो आएको थाहा नपाएको स्थानीयवासी छिरिङ दोर्जे लामाले बताउनुभयो । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको उहाँले बताउनुभयो । बाढी आउँदा बालबालिकालाई बचाए पनि घरमा रहेको खाद्यान्न, धन सम्पत्ति, प्राविधिक सामग्री निकाल्न नभ्याउँदा अन्यत्र आश्रय पाएको ठाउँमा ओढ्ने र ओछ्याउने कपडा नहुँदा समस्या भएको लामा बताउनुहुन्छ ।

यस वर्षको मनसुन शुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परे पनि सरकारले चासो नदिएको मनाङवासीको गुनासो छ । मनाङलाई सरकारले छुट्टै देश जसरी व्यवहार गरी आवश्यक सहयोगसमेत नगरेको उनीहरुको भनाइ छ । विपद्को समयमा समेत उचित राहत र विस्थापित मनाङवासीलाई सरकारले सहयोग नगरेको उनीहरु बताउँछन् । बाढीपहिरा पीडितलाई त्रिपालसँगै आवश्यक न्यानो कपडा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

चिसोमा सबैलाई आवश्यक सहयोग प्रदान गरिएको उहाँको भनाइ छ । यद्यपि मनाङवासी बाढीपीडित भने चिसोमा कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थामा समेत सरकारसँग सहयोग अपिल नगरिएको बताउँछन् । मनाङ । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ ।

त्यस्तै मनाङको सदरमुकाम चामेमा बाढीले पाँच घर डुबायो । सदरमुकाममा नै रहेको तातोपानी बगायो । घट्टेखोलामा आएको बाढीले पनि पाँच घर बगायो । मस्र्याङ्दी नदीको किनारमा धेरै बस्ती रहेकाले नदीको सतह बढेपछि डुबानमा पर्नुका साथै कटानले भौतिक संरचना बगाएको छ । मनाङवासीको घर पनि बगाएपछि उनीहरू एक महिना हुँदासम्म त्रिपालमुनि बस्न बाध्य भएका छन् । चामेकी स्थानीयवासी सीता गुरुङ लगातार पानी परेपछि आएको बाढीले घर बगाएको र घर बगाएपछि बास र गाँसको समेत समस्या रहेको बताउनुहुन्छ ।

“बाढी पहिराले घर बगाएपछि एक महिनासम्म त्रिपालमा बास बस्न बाध्य भएका छौँ, लगातार पानी पर्न नरोकिँदा त्रिपालबाट पनि पानी चुहिन थालेको छ, मनाङ चिसो ठाउँ न हो, सुत्ने ठाउँमा पानीले रुझ्ने र ओढ्ने, ओछ्याउने कपडा नहुँदा समस्या भएको छ”, सीता भन्नुहुन्छ । लामो समयदेखि लगातार वर्षा हुँदा मनाङवासीलाई त्रिपालको बास बनाएको छ । त्रिपालमा बस्नसमेत पानी चुहिने, सुत्दा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा अर्को रोगको समस्या देखिनसक्ने अवस्था छ । निरन्तरको वर्षाले त्रिपालमा पानी जमेर चुहिने भएपछि बाढीपहिरा पीडित सङ्कटमा परेका छन् ।

पहिले मनाङमा यति ठूलो बाढीपहिरो आएको थाहा नपाएको स्थानीयवासी छिरिङ दोर्जे लामाले बताउनुभयो । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको उहाँले बताउनुभयो । बाढी आउँदा बालबालिकालाई बचाए पनि घरमा रहेको खाद्यान्न, धन सम्पत्ति, प्राविधिक सामग्री निकाल्न नभ्याउँदा अन्यत्र आश्रय पाएको ठाउँमा ओढ्ने र ओछ्याउने कपडा नहुँदा समस्या भएको लामा बताउनुहुन्छ । यस वर्षको मनसुन शुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परे पनि सरकारले चासो नदिएको मनाङवासीको गुनासो छ ।

मनाङलाई सरकारले छुट्टै देश जसरी व्यवहार गरी आवश्यक सहयोगसमेत नगरेको उनीहरुको भनाइ छ । विपद्को समयमा समेत उचित राहत र विस्थापित मनाङवासीलाई सरकारले सहयोग नगरेको उनीहरु बताउँछन् । बाढीपहिरा पीडितलाई त्रिपालसँगै आवश्यक न्यानो कपडा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । चिसोमा सबैलाई आवश्यक सहयोग प्रदान गरिएको उहाँको भनाइ छ । यद्यपि मनाङवासी बाढीपीडित भने चिसोमा कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थामा समेत सरकारसँग सहयोग अपिल नगरिएको बताउँछन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.