भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

महिलाहरुलाई तालिवानले दिए कडा निर्देशन

महिलाहरुलाई तालिवानले दिए कडा निर्देशन

अफगानिस्तान । तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन महिलाहरुलाई निर्देशन दिएका छन् । काबुलमा पत्रकार सम्मेलन गर्दै सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले निर्देशन दिएका हुन् ।

अफगानिस्तानको पछिल्लो स्थिती बिश्लेषण गरी महिलाहरु असुरक्षित रहेको संयुक्त राष्ट्रसंघले बताएपछि तालीवानले यस्तो निर्देशन दिएको हो । अफगानी महिलाहरु आधारभुत रातो घेरा भित्र रहेको राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले दाबी गरेका थिए ।

अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको तालीवान प्रवक्ता मुजाहिदले भने, ‘त्यस्तो कार्य तत्काल बन्द नगरे कडा सजाय भोग्नु पर्ने चेतावनी दिन्छु।’

 


Thali Mobile Pvt.Ltd.