पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा पहिरो, तीन जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा पहिरो, तीन जनाको मृत्यु

काठमाडौ । भारी बर्षाका कारण आएको पहिरोमा परि पाकिस्तानमा तीन जनाको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा घर भत्किंदा तीन जनाको मृत्यु भएको हो । पहिरोमा परि ४ जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । बर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा जर्दनौं घर भत्केका छन् भने केही सवारीसाधन समेत पुरिएको जनाइएको छ ।

पाकिस्तानमा बर्षेनी हुने मनसुनी बर्षाका कारण दर्जनौंको मृत्यु हुने गरेको छ । भारी बर्षाले पाकिस्तानका अघिकांश जिल्ला प्रभावित भएका छन् । पहिरोका कारण बिस्थापित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

 


Thali Mobile Pvt.Ltd.