महोत्तरी प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

महोत्तरी प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

जनकपुरधाम । प्रहरीले हानेको गोली लागेरम होत्तरीमा दुई जना घाइते भएका छन् । कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको पाइएपछि प्रहरिले गोलि चलाएको हो ।

घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् । दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ ।

उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । उनीहरु सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो ।

त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो । महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको मोहत्तरी प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको होजिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.