काठमाडौं । रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानै बेलुकीसम्मै खुल्ला हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने मन्दिर दाजुभाइ–दिदीबहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन् ।
मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलले जनाएको छ ।
बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।