माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू, कांग्रेसको दुई बजे पछि बस्ने

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू, कांग्रेसको दुई बजे पछि बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु हुदैछ । गौशाला स्थित अनुपम पाटी प्यालेसमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरू भएको बैठकमा सहभागी एक नेताले बताए ।पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्ध संघर्ष अझ दृढतापूर्वक अघि बढाउन पहल गर्ने र वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने माओवादीले जनाएको छ।

बैठक अघि सबैको कोरोना टेष्ट गरिएको थियो । यसैबीच नेपाली काँग्रेसको केन्द्रीय कार्यकारीणी सदस्यको बैठक दिउसो २ः०० बजे पछि शुरुहुने नेता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक सभापति शेरबहादुर देउवाको निजीनिवास, बूढानीलकण्ठमा बस्दै आएको छ । बैठक क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवाद र १४औँ महाधिवेशनको विषयमा केन्द्रित रहेको छ ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह, जंगीलाल राय, रामजनम चौधरी, हेमराज तातेडले आफ्नो धारणा राखेका थिए।

 


Thali Mobile Pvt.Ltd.