काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि बस्न लागेको छ । माओवादी केन्द्रसँग अन्य दुइवटा पार्टी एकीकरणको अन्तिम तयारीमा रहेकाले बिहान बसेको बैठक फेरि बस्न लागेको हो ।
नेकपा मसालबाट छुट्टिएर बनेको दल र अर्को एउटा दल माओवादीसँग एकीकरण गर्दैछन्। राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादी केन्द्रसंग एकताका लागि अन्य राजनैतिक दलले पनि बार्गेनिङ्ग गरिरहेको एक नेताले बताए ।
बिहानको बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनमा पेस गर्न लागेको प्रस्तावबारेमा छलफल भएको छ ।
पुस ११ देखि काठमाडौंको कमलादीमा हुने राष्ट्रिय सम्मेलनको माओवादी केन्द्रले तयारी तीब्र पारेको छ । माओवादीले नयाँ विचार र नयाँ पार्टी निर्माणका लागि राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको छ। स्थायी कमिटी बैठक तीन बजे तीन बजे जनाइएको छ ।
