काठमाडौं । नेपाल प्रहरी नै असुरक्षित भन्दा अनौठो लाग्न सक्ला तर यहाँ यस्तै घटना घटेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् ।
नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवामा कार्यरत प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाले प्रहरी भित्र हलचल पैदा गरेको छ । प्रहरी प्रधान कार्यालयले पनि उनी मृतफेला परेको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने, ‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप विवरण आएको छैन । घटना सत्य हो ।’
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएको र यसको अनुसन्धान थालेको बताएको छ । अहिले घटना स्थलको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।
