माओवादी पुरानै लयमाः वैद्य र प्रचण्डबीच छलफल संसदीय बाटाे छाेड्न अनुराेध

माओवादी पुरानै लयमाः वैद्य र प्रचण्डबीच छलफल संसदीय बाटाे छाेड्न अनुराेध

काठमान्डौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसदवादी धार र क्रान्तिकारी धार अलग अलग हुनु पर्ने र क्रान्तिकारी धारको एउटै कम्युनिष्ट पार्टी बनाउँन पर्ने आवाश्यक्ता औल्याएका छन् ।

सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर समाजवादी बाटोमा अघि बढ्न प्रचण्डलाई आग्रह गरेका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसर वैधले राखेको धारणामा प्रचण्डले ओके भनेको नेताहरुले बताएका छन् ।

कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो तय गरिनु पर्ने विषयमा भएको छलफलमा दुवै नेता सकारात्मक भएको र पार्टी एकताको प्रस्ताव लगभग नजिक पुगेको प्रचण्ड सचिवालयल स्रोतले बतायो ।

क्रान्तिकारी धारलाई बलियो बनाउँदै एकतामा जोड दिइएको स्रोतको भनाई छ । संसदीय व्यवस्थाबाट जनताका माग ओझेलमा परेकाले तपाईहरु कतिपटक यही संसदीय व्यवस्थाबाट प्रधानमन्त्री बन्न खोजेको ? भन्दै वैधले माधव–प्रचण्डलाई प्रश्न गरेको र प्रधानमन्त्रीको लोभमा नपरि जनताको साथ लगेर जनताकै काम गर्न आग्रह गरेको बताइएको छ ।

अहिले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्य प्रणालीमा परिवर्तन नभएको । नेता वैद्यको जिकिर छ । छलफलमा हिजो परिवर्तनका लागि लडाई लडेर राजनीतिक परिवर्तन गरेपनि जनताको जीवनस्तरमा परिवर्तनमा कुनै काम नभएको प्रचण्डसमक्ष वैधले गम्भिर समिक्षा गर्दै अब बाटो नविराउन सुझाव दिएको स्रोतको दावी छ ।

संसदीय बाटोबाट जाने कि क्रान्तिकारी बाटोबाट जाने भन्नेमा जनतालाई स्पष्ट भनिदिन पनि प्रचण्डलाई आग्रह गरेको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.