भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

माधव अब नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, महन्थ ठाकुरको पनि पार्टी फेरियो

माधव अब नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, महन्थ ठाकुरको पनि पार्टी फेरियो

काठमाडौं । एमालेबाट छुट्टिएको माधवकुमार नेपाल समूह अब नेकपा (एकीकृत समाजवादी) पार्टी हुने भएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् । पार्टीको नयाँ नामका लागि निवदेन दिएको निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने उनले जानकारी दिए । यस्तै महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले बताए ।

 


Thali Mobile Pvt.Ltd.