काठमाडौं । मानव बेचविखन, बालश्रम र यौन दुर ब्यवहार निर्मूल पार्न सरकार गम्भिर रहेको नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छन् ।
बालिकाहरुलाई बालश्रमिकको रुपमा काम गराउने कार्य र विभिन्न बहानामा चेलीबेटीहरुलाई झुक्याएर बेचविखन गर्ने जघन्य अपराध भइरहेको भन्दै त्यसलाई रोक्न समाज उत्तरदायी बन्नु पर्ने रेग्मीले बताइन् ।
यौन दुब्यवहारका घटना दिनदिनै बढीरहेको भन्दै यस प्रकारका जघन्य अपराध अन्त्य गर्न सरकारले गम्भिर भएर लागेको बताइन् । आफूले मन्त्रालय सम्हालेको ९ महिनामा विशेषतः बाल संरक्षण नीतिहरु बनाएको भन्दै मन्त्री रेग्मीले तल्लो तह देखि मन्त्रालयस्तरसम्म महत्वपूर्ण कार्य भएको जानकारी दिइन् ।
सरोकारवाला र अन्तर मन्त्रालय तथा विभागहरुले समन्वयमा काम गर्नु पर्ने बताउँदै । कर्मचारीतन्त्रको चुनौतीकैबीच मन्त्री रेग्मीले यो कार्यलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन तत्पर रहेको बताइन् ।
अन्तराष्ट्रिय तथा राष्ट्रिय संघ संस्था, नागरिक समाज, प्राइभेट सेक्टर र संचार जगतसंगसंगै रहेर काम गर्न इच्छुक रहेको भन्दै यस्ता कार्य तत्काल रोक्न सबैले एकजुट भएर लाग्नु पर्ने बतइन् ।
बेस संस्थाले बुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा लुम्विनी प्रदेशमा बालश्रमिक, मानव बेचविखन तथा यौन दुरब्यवहारको अवस्था अझै बढेको बताइन् । बालबालिकाहरुलाई श्रममुक्त बनाउने प्रति सरकारले काम गरिरहेको भन्दै भावी योजनाहरु बारे प्रष्ट पारेकी थिइन् ।
इटा उद्योग, होटल व्यवसाय र अन्य क्षेत्र जस्तै गलैचा फ्याक्ट्रीहरुमा धेरै बालश्रमिक रहेको तथ्यांकले देखाएको छ । कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राम सुवेदीले नागरिक समाज र स्थानीय संघ संस्थाले बालश्रम रोक्नमा नमूना योग्य कार्य गरेको बताए ।
नीति नियमहरुको वास्तविक कार्यान्वयनबारे अध्ययन हुनु पर्ने सिजय ९ऋश्इए० नेपालका राजेश शर्माले बताए । आई.आई.डि.का राष्ट्रिय निर्देशक डा. नहकुल के.सी.ले अध्ययनको सिमा क्षेत्र रहदा रहदै पनि वास्तविक बस्तुस्थिति बुझेर नीति नियमको अवस्था कार्यान्वयन भए नभएको बारे पनि चनाखो बन्नु पर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयका शाखा अधिकृत, नेपाल बार एशोसियशनका उपाध्यक्ष आशा राई, मिसन नेपालका जस्मीन ओझा, बाल संजालका प्रतिनिधि र अन्तराष्ट्रिय श्रम संगठनका प्रतिनिधि तथा प्रमुखहरुको विशेष उपस्थितिमा अनुसन्धान अध्ययन बारे सल्लाह सुझाव एवं धारणा राखेका थिए ।
बालश्रम र बेचविखन अन्त्य गर्न नेपाल सरकारलाई आवश्यक श्रोत साधनको ब्यवस्था गर्ने र अन्य संघ संस्थासंग हातेमालो गरेर काम गरे श्रोत साधन खेर नजाने बारे ध्यानाकर्षण गराएका थिए ।
अनुसन्धानमा आर्थिक सहयोग बेस संस्थाको ब्यवस्थापनमा कैलाश सत्यार्थी फाउण्डेशनले गरेको थियो । त्रिभूवन विश्व विद्यालयका डा. केशव अधिकारी, डा. राम नारायण श्रेष्ठ र डा. नहकुल के.सी. संलग्न टोलीले अध्ययनबाट आफै पनि १४ बर्ष मुनिका १० प्रतिशत बालबालिकाहरु श्रममा रहेको बताएका थिए ।
अध्ययन टोलीले लुम्विनी प्रदेशको ७ वटा जिल्लाका १० वटा स्थानीय तहमा गएर अध्ययन अनुसन्धा गरेको थियो ।
नेपाल बधुँवा कमैया मजदुर प्रथा अन्त्य गर्न सफलता भए जस्तै बालश्रम र बेचविखन कार्य तथ्य परक तथ्यांकको आधारमा अन्त्य गर्न सम्भव रहेको बेस संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरीले बताए ।
कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष चौधरीले गरेका थिए भने सहजीकरण बेसका कार्यक्रम निर्देशक पिंकी डाँगी र ब्यवस्थापन रञ्जु शाहीले गरेकी थिइन् ।
तस्वीरमा…

