भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मानव सेवा आश्रम कर्णाली प्रदेश शाखालाई कर्णाली देश समाज जापानको आर्थिक सहयोग

मानव सेवा आश्रम कर्णाली प्रदेश शाखालाई  कर्णाली देश समाज जापानको आर्थिक सहयोग

जापान । कर्णाली प्रदेश समाज जापानले मानव सेवा आश्रम कर्णाली प्रदेश शाखा सुर्खेतलाई आर्थिक सहयोग गरेको छ । कर्णालीका १० जिल्लामा रहेका वेवारिसे अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरि पालनपोषण,औषधोपचार र पुनर्मिलन गराउने उद्यश्यले स्थापित गैर नाफामुलक संस्था मानबसेवा आश्रम कर्णाली प्रदेश शाखालाई टोकियोको सिनओकुबोमा कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले फोरेक्स रेमिट जापानका प्रतिनिधि बाबुराम पौडेललाई बुधबार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

समाजका अध्यक्ष कृष्ण शाहीले एक लाख एघार हजार एकसय एघार रुपैयाँ हस्तान्तरण गरेको बताउनुभयो । कर्णाली प्रदेश समाज जापान स्थापना भएको छोटो समयमा नै मानव सेवका विविध सामाजिक गतिविधि गर्दै आइरहेको अध्यक्ष कृष्ण शाहीको भनाई छ । कर्णाली प्रदेश समाज जापानले यस अघि पनि जापानमा अलपत्र परेका र अप्ठेरोमापरेका कर्णालीका बिद्यार्थीहरुलाई आर्थिक तथा अन्य सहयोग गर्दै आईरहेको उहाले बताउनुभयो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहीले यस अभियानमा आर्थिक सहयोग गरि साथ दिने समाजका सल्लाहकार लगायत सम्पूर्ण सदस्य तथा शुभचिंतकहरुलाई धन्यवाद दिनुभयो । उहाले आगामी दिनहरुमा पनि यसरी नै साथ दिन सबैमा आह्वान गर्नुभयो ।

 

 


Thali Mobile Pvt.Ltd.