माल पाएर पनि चाल नपाएको सुन्दर पर्यटकीय क्षेत्र सन्दकपुर (भिडियो सहित)

माल पाएर पनि चाल नपाएको सुन्दर पर्यटकीय क्षेत्र सन्दकपुर (भिडियो सहित)

रामसुन्दर बके, भक्तपुर । सन्दकपुर नेपालको अति सुन्दर पर्यटकीय क्षेत्र हो । आज हामी यसका गर्भभित्र लुकेका केही तथ्यहरु दर्शकमाझ पस्किदै छौं । नेपालले नचाहँदा नचाहदै लादिएको सुगौली सन्धिले नेपाललाई धेरै ठाउँमा क्षेती पुग्यो । यो सन्धी अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्मको भूभाग नेपालको थियो सुगौली सन्धि पछि यी भूभाग भारतमा गाभिए । भारत पूर्ण रुपमा ब्रिटिशको अधिनमा थियो । ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा १८१५ दिशम्बर २ मा ग¥यो ।

लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले सन्धिमा हस्ताक्षर गरेर १५ दिन भित्र फिर्ता पठाउने चेतावनी दिंदै नेपाल पठायो । सन्धिमा राखिएका शर्तहरु नेपाललाई मंजूर थिएन । सन्धिको तोकिएको म्याद लत्याउँदै हस्ताक्षर गरेन । त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनी आगो बन्दै गयो । फलस्वरुप काठमाडौंमा आक्रमण गर्ने चेतावनी दियो । राजधानीमा नै आक्रमण हुने निश्चित भएपछि सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो ।

सुगौली सन्धि नेपालमाथि लादिएको सन्धि हो । राजा तथा उच्चपदस्थ अधिकारीले हस्ताक्षर गर्न नचाँहदा नचाँहदै बाध्य भएर शर्तहरू मान्नु पर्ने अवस्था आयो । पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे । १५ दिने म्यादलाई लत्याएर ९३ औँ दिनमा उक्त हस्ताक्षर गरियो । सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनु पर्ने कुरा लेखिएको भएपनि राजा गीर्वाण युद्ध बिक्रम शाहले हस्ताक्षर गरेको रिकर्ड अहिले सम्म भेटिएको छैन ।

सन्धि त ग¥यो तर ब्रिटिश सरकारले सन्धि पालना गर्नेमा नेपाल असमर्थ छ भन्ने डर कायमै राख्यो । गभर्नर जनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गर्दै सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पिदिए । सन्धिमा उल्लेख भएका सीमा रेखा नामेट पार्ने कार्यमा अहिले पनि भारत लागिपरेको गुनासो सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले बताउँदै छन् । नेपालको लगभग ६०हजार हेक्टेर जमीनमा विवाद चलिरहेको छ । त्यसैको परिणाम स्वरूप नेपाल भारत सीमा अतिक्रमणका आरोपहरू एकार्कामा चुलिदै गएका छन् ।

कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दकपुर, पशुपतिनगर, हिले थोरी आदि क्षेत्रमा भारतले अतिक्रमण गरिरहेको तथ्य बेला बेलामा उठ्ने गरेको छ । सुगौली सन्धि नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको सन्धि हो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू–भाग गुमाउनु परेको छ । ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएपनि पुष्टि ४ मार्च १८१६ मा भएको थियो । ब्रिटिशले नेपालको पर्वतीय क्षेत्रमाथि नजर गाडेको थियो र पटक पटक आक्रमण गरिरहेको थियो । नेपालमाथि जित निकाल्न सफल नभएपछि व्रिटिश सरकार पनि बाध्य भएर सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाली युद्धलाई समाप्त गर्न सन्धिको माध्यमबाट अघि सरेको थियो ।

नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्सले सन्धिमा हस्ताक्षर गरेका थिए । सोही सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । सन्धि अनुसार नेपालले एक तिहाई भूभाग नेपालले गुमाउनु पग्यो । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ, गढवाल (वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्र कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू छन् ।

सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्दै हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६५ मा नेपाललाई फर्काइयो । सुगौली सन्धिलाई सँच्याउने मैत्री सन्धि डिसेम्बर १९२३ मा सम्पन्न भयो । जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो । भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धिको रुपमा लगियो ।

दर्शकवृन्द अब हामी १८१६ को सुगौली सन्धी भन्दा अगाडी कसैलाई पनि थाहा नभएको इलामको एउटा सानो गाउँ सन्दकपुरका बारेमा बताउँदै छौं । जेपाक्छ त्यही विक्छ अभियान अन्र्तरगत आज हामी दर्शहरुलाई पूवी नेपालको इलाम जिल्लामा अवस्थित सन्दकपुरको सुन्दरताबारे चर्चा गर्ने छौं । सन्दकपुर यस्तो ठाउँ हो, जहाँबाट विश्वलाई चकमा दिने प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । माइदेविको मन्दिर र माइ खोलाको मुहानले परिचित छ भने सन्दकपुर धार्मिक,सांस्कृतिक र सामरिक दृष्टिकोणले महत्वपूर्ण स्थान हो ।

माइदेवीको पून्य भूमिको रुपमा रहेको सन्दकपुर माइखोलको उद्गम स्थान हो । प्राकृतिक छटाहरुले सज्जीएको सन्दकपुरलाई माइखोलाले अझ सुन्तरता थपिदिएको छ । नामैले इलाम घुमौं–घुमौं लाग्ने यो ठाउँ ज्यादै आकर्षक लाग्ने पर्यटकीय गन्तव्य मध्ये एक हो । चैत बैशाखको महिनामा वनै भरी लालिगुराँस र अन्य फूलै फुलले डाँडाकाँडा ढाकिएको देख्दा मनै लोभ्याउछ । चराचुरुङगीको चिरबीर आवाजले बाटो हिड्ने पर्यटकहरुले गन्तव्यमा पुगेको पत्तै पाउदैनन् । कार्तिदेखि हिँउले सेताम्मे ढाकिएका डाडाहरुको सुन्दरताले पर्यटकहरुलाई थप आकर्षक र मोहित बनाउछ सन्दकपुरले ।

सन्दकपुरको सुन्दर डाँडा नेपाल भारत सीमामा पर्छ । यहाँको नेपाली भूमिपट्टि केही मात्रै होटल छन् भने भारततिर केही होटल रहेका छन् । नेपाली पर्यटक चौंरीचोक, बिखेभञ्ज्याङ, कालपोखरी, माबु र माइमझुवाका होम–स्टेमा बसेर सन्दकपुरको सुन्दरतालाई नियाल्न पुग्छन् । जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुर तीन हजार ६३६ मिटर उचाइमा रहेको छ । भारतमा अंग्रेजहरुले शासन गर्दा अंग्रेजहरुलाई निकै मन परेकोे ठाउँ हो । आफ्ना देशका उच्चपदस्थ कर्मचारीहरुलाई सूर्योदय देखाउँन र गर्मि छल्ने उपयुक्त ठाउँको रुपमा परिणत गराउँन अंग्रेजहरुले यो ठाउँ रोजाईको रुपमा पारेका थिए ।

अंग्रेजहरुले यो स्थानका बारेमा वर्णन गर्ने गरेका थिए । यहाँको विकास निर्माणमा पनि अग्रेजहरुले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । लडाईंका हिसाबले पनि सामरिक महच्व भएकाले त्यो वेला नै सन्दकपुरसम्म पुग्ने मोटरबाटो निर्माण गरेका रहेछन् । यो मोटोरबाटो भारतको दार्जिलिङबाट सहज मार्गका रुपमा रहेको छ । सन्दकपुरलाई संसारकै उत्तम सूर्योदय हुने स्थानको रुपमा लिइएको छ । सन १९४७ सम्म अंग्रेजहरुको पहुँचमा रहेको सन्दकपुर पछि अग्रेजले भारत छोडि सकेपछि विस्तारै भातीय माझ पनि परिचित हुन पुग्यो । भौतिक संरचना अंग्रेजहरुले नै निर्माण गरेको देखिन्छ भने नेपाल तर्फबाट भर्खरै सडकको पहुँच पुगेको छ ।

ब्रिटिसले छोडेपछि यो ठाउँ भारतीय नागरिकहरुको पहुँचमा पुग्न गयो । नेपाल भारत सीमानामा अवस्थित सन्दकपुर नेपालको पहिलो घाम झुल्कने स्थान हो । माइदेवीको शीरमा स्पर्श गर्दै सुर्यले आफ्नो किरण छर्ने स्थानका रुपमा परिचित यो ठाउँमा घाम झुल्कीसकेपछि मात्रै नेपालीहरुको दिनचर्या सुरु हुने तथ्य पनि छ । नेपालकै शिरको रुपमा पनि परिचित छ । यसको अनेकौं विशेषता भएकाले पनि होला यहाँ हजारौं पर्यकहरु आउँने र रमाउने गर्दछन् । नेपालको सीमासंग जोडिएको स्थान भएकाले पनि यहाँ आन्तरिक तथा विदेशी पाहुनाहरुले औधि मन पराउँने गरेका छन् । यहाँ ठडिएको जंगे पिलर देखेर जो कोही जंगबहादुरको याद गर्ने गर्दछन् ।

सुर्य नअस्ताउने देशका शासकहरुलाई सूर्योद्यको पहिलो किरणमा नै कूटनीतिक पहल गर्ने जंगबहादुरको महिमा यो पिलरले पनि अझ दर्शाउने गरेको छ । यसको गौरवले नेपाली मात्रै होइन विदेशी पनि नेपालको बारेमा जान्ने मौका पाउँछन् । नेपाल सानो देश हो भन्ने दृष्टिलाई यो जंगेपिलरले अग्रेजहरुलाई कूटनीतिक माध्यमबाट जंगेपिलर नामकारण गराएको इतिहास देखेर मन्त्र मुग्ध हुने गर्दछन् । यो जंगेपिलरले नेपालकोे पहिचान र सन्दकपुरको प्रतिनिधित्व झल्काउँछ । यही जंगेपिलरले हामी नेपाली भूमि मै छौं भन्ने दर्शाउँछ । उता जंगे पिलरसंगै पारी भारतीय एसएसबीको क्याम्प र अन्य सरकारी संरचना छन् ।

आफ्नो भूमिमा रहेर पनि सुरक्षित छ भन्ने कुनै अनुुभूति गर्न नसकिने मेरो देशको सन्दकपुरमा राज्यको नजर कहिले पर्छ ? यहाँका जनताले सीमाक्षेत्रमा सरकार छ भन्ने आभाष कहिले गर्ने ? यहाँको संरचना हेर्दा सरकार छ भन्ने आभाष सायदै अनुभुति गर्न सकिन्छ । त्यसैले हाम्रो देशको सीमानामा बस्ने नेपालीले पनि सरकारको अनुभुति गर्न पाउँनु पर्ने होइन र ? भारतीय पक्षले यस क्षेत्रमा प्रयाप्त संरचना र होटल बनाइरहदा यता हाम्रो क्षेत्रमा भने औलामा गन्न सकिने पनि संरचना निर्माण भएको देखिदैन । हो प्राकृतिक, सांस्कृतिक, धार्मिक र प्राचिन महत्व बोकेको यो ठाउँले नेपालको प्रतिनिधित्व भित्र विविध खाले संरचनाको उपस्थिति खोजिरहेको छ ।

के यहाँ राज्यको उपस्थिति र सामाजिक सुरक्षाको प्रत्याभूति हुनु पर्दैन र ? आम जनताको प्रश्न छ । आफ्नो प्राकृतिक सुुन्दरतालाई अझ सिङ्र्गान यहाँ राज्यको उपस्थिति जरुरी छ । धार्मिक तथा सांस्कृतिक पर्यटन विकास गरेर लैजाने हो भने यसको महत्व अझ बढेर जानेछ । यहाँबाट नेपाल लगायत तीन देशका सुन्दर हिमश्रिङ्खलाहरुसंगै समथर फाटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । नेपाल भारत, भूूटान लगायतका ६१ हिमाल यहाँबाट सहजै हेर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सन्दकपुरले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चिसो हावा पानीले स्वागत गरिरहेको छ । सन्दकपुरको न्यानो स्वागतलाई स्वीकार्न आम नेपाली र विश्व जगतले दिल खोलेर स्वागत गर्दै आफ्ना पदचापहरु अघिबढाउने हो भने यहाँ सरकारको पनि दरिलो उपस्थिति हुन जरुरी छ ।

भिडियो 

 


Thali Mobile Pvt.Ltd.