भर्खरै : Sorry, your browser does not support inline SVG.

माल पाएर पनि चाल नपाएको सुन्दर पर्यटकीय क्षेत्र सन्दकपुर (भिडियो सहित)

माल पाएर पनि चाल नपाएको सुन्दर पर्यटकीय क्षेत्र सन्दकपुर (भिडियो सहित)

रामसुन्दर बके, भक्तपुर । सन्दकपुर नेपालको अति सुन्दर पर्यटकीय क्षेत्र हो । आज हामी यसका गर्भभित्र लुकेका केही तथ्यहरु दर्शकमाझ पस्किदै छौं । नेपालले नचाहँदा नचाहदै लादिएको सुगौली सन्धिले नेपाललाई धेरै ठाउँमा क्षेती पुग्यो । यो सन्धी अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्मको भूभाग नेपालको थियो सुगौली सन्धि पछि यी भूभाग भारतमा गाभिए । भारत पूर्ण रुपमा ब्रिटिशको अधिनमा थियो । ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा १८१५ दिशम्बर २ मा ग¥यो ।

लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले सन्धिमा हस्ताक्षर गरेर १५ दिन भित्र फिर्ता पठाउने चेतावनी दिंदै नेपाल पठायो । सन्धिमा राखिएका शर्तहरु नेपाललाई मंजूर थिएन । सन्धिको तोकिएको म्याद लत्याउँदै हस्ताक्षर गरेन । त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनी आगो बन्दै गयो । फलस्वरुप काठमाडौंमा आक्रमण गर्ने चेतावनी दियो । राजधानीमा नै आक्रमण हुने निश्चित भएपछि सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो ।

सुगौली सन्धि नेपालमाथि लादिएको सन्धि हो । राजा तथा उच्चपदस्थ अधिकारीले हस्ताक्षर गर्न नचाँहदा नचाँहदै बाध्य भएर शर्तहरू मान्नु पर्ने अवस्था आयो । पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे । १५ दिने म्यादलाई लत्याएर ९३ औँ दिनमा उक्त हस्ताक्षर गरियो । सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनु पर्ने कुरा लेखिएको भएपनि राजा गीर्वाण युद्ध बिक्रम शाहले हस्ताक्षर गरेको रिकर्ड अहिले सम्म भेटिएको छैन ।

सन्धि त ग¥यो तर ब्रिटिश सरकारले सन्धि पालना गर्नेमा नेपाल असमर्थ छ भन्ने डर कायमै राख्यो । गभर्नर जनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गर्दै सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पिदिए । सन्धिमा उल्लेख भएका सीमा रेखा नामेट पार्ने कार्यमा अहिले पनि भारत लागिपरेको गुनासो सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले बताउँदै छन् । नेपालको लगभग ६०हजार हेक्टेर जमीनमा विवाद चलिरहेको छ । त्यसैको परिणाम स्वरूप नेपाल भारत सीमा अतिक्रमणका आरोपहरू एकार्कामा चुलिदै गएका छन् ।

कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दकपुर, पशुपतिनगर, हिले थोरी आदि क्षेत्रमा भारतले अतिक्रमण गरिरहेको तथ्य बेला बेलामा उठ्ने गरेको छ । सुगौली सन्धि नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको सन्धि हो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू–भाग गुमाउनु परेको छ । ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएपनि पुष्टि ४ मार्च १८१६ मा भएको थियो । ब्रिटिशले नेपालको पर्वतीय क्षेत्रमाथि नजर गाडेको थियो र पटक पटक आक्रमण गरिरहेको थियो । नेपालमाथि जित निकाल्न सफल नभएपछि व्रिटिश सरकार पनि बाध्य भएर सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाली युद्धलाई समाप्त गर्न सन्धिको माध्यमबाट अघि सरेको थियो ।

नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्सले सन्धिमा हस्ताक्षर गरेका थिए । सोही सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । सन्धि अनुसार नेपालले एक तिहाई भूभाग नेपालले गुमाउनु पग्यो । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ, गढवाल (वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्र कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू छन् ।

सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्दै हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६५ मा नेपाललाई फर्काइयो । सुगौली सन्धिलाई सँच्याउने मैत्री सन्धि डिसेम्बर १९२३ मा सम्पन्न भयो । जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो । भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धिको रुपमा लगियो ।

दर्शकवृन्द अब हामी १८१६ को सुगौली सन्धी भन्दा अगाडी कसैलाई पनि थाहा नभएको इलामको एउटा सानो गाउँ सन्दकपुरका बारेमा बताउँदै छौं । जेपाक्छ त्यही विक्छ अभियान अन्र्तरगत आज हामी दर्शहरुलाई पूवी नेपालको इलाम जिल्लामा अवस्थित सन्दकपुरको सुन्दरताबारे चर्चा गर्ने छौं । सन्दकपुर यस्तो ठाउँ हो, जहाँबाट विश्वलाई चकमा दिने प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । माइदेविको मन्दिर र माइ खोलाको मुहानले परिचित छ भने सन्दकपुर धार्मिक,सांस्कृतिक र सामरिक दृष्टिकोणले महत्वपूर्ण स्थान हो ।

माइदेवीको पून्य भूमिको रुपमा रहेको सन्दकपुर माइखोलको उद्गम स्थान हो । प्राकृतिक छटाहरुले सज्जीएको सन्दकपुरलाई माइखोलाले अझ सुन्तरता थपिदिएको छ । नामैले इलाम घुमौं–घुमौं लाग्ने यो ठाउँ ज्यादै आकर्षक लाग्ने पर्यटकीय गन्तव्य मध्ये एक हो । चैत बैशाखको महिनामा वनै भरी लालिगुराँस र अन्य फूलै फुलले डाँडाकाँडा ढाकिएको देख्दा मनै लोभ्याउछ । चराचुरुङगीको चिरबीर आवाजले बाटो हिड्ने पर्यटकहरुले गन्तव्यमा पुगेको पत्तै पाउदैनन् । कार्तिदेखि हिँउले सेताम्मे ढाकिएका डाडाहरुको सुन्दरताले पर्यटकहरुलाई थप आकर्षक र मोहित बनाउछ सन्दकपुरले ।

सन्दकपुरको सुन्दर डाँडा नेपाल भारत सीमामा पर्छ । यहाँको नेपाली भूमिपट्टि केही मात्रै होटल छन् भने भारततिर केही होटल रहेका छन् । नेपाली पर्यटक चौंरीचोक, बिखेभञ्ज्याङ, कालपोखरी, माबु र माइमझुवाका होम–स्टेमा बसेर सन्दकपुरको सुन्दरतालाई नियाल्न पुग्छन् । जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुर तीन हजार ६३६ मिटर उचाइमा रहेको छ । भारतमा अंग्रेजहरुले शासन गर्दा अंग्रेजहरुलाई निकै मन परेकोे ठाउँ हो । आफ्ना देशका उच्चपदस्थ कर्मचारीहरुलाई सूर्योदय देखाउँन र गर्मि छल्ने उपयुक्त ठाउँको रुपमा परिणत गराउँन अंग्रेजहरुले यो ठाउँ रोजाईको रुपमा पारेका थिए ।

अंग्रेजहरुले यो स्थानका बारेमा वर्णन गर्ने गरेका थिए । यहाँको विकास निर्माणमा पनि अग्रेजहरुले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । लडाईंका हिसाबले पनि सामरिक महच्व भएकाले त्यो वेला नै सन्दकपुरसम्म पुग्ने मोटरबाटो निर्माण गरेका रहेछन् । यो मोटोरबाटो भारतको दार्जिलिङबाट सहज मार्गका रुपमा रहेको छ । सन्दकपुरलाई संसारकै उत्तम सूर्योदय हुने स्थानको रुपमा लिइएको छ । सन १९४७ सम्म अंग्रेजहरुको पहुँचमा रहेको सन्दकपुर पछि अग्रेजले भारत छोडि सकेपछि विस्तारै भातीय माझ पनि परिचित हुन पुग्यो । भौतिक संरचना अंग्रेजहरुले नै निर्माण गरेको देखिन्छ भने नेपाल तर्फबाट भर्खरै सडकको पहुँच पुगेको छ ।

ब्रिटिसले छोडेपछि यो ठाउँ भारतीय नागरिकहरुको पहुँचमा पुग्न गयो । नेपाल भारत सीमानामा अवस्थित सन्दकपुर नेपालको पहिलो घाम झुल्कने स्थान हो । माइदेवीको शीरमा स्पर्श गर्दै सुर्यले आफ्नो किरण छर्ने स्थानका रुपमा परिचित यो ठाउँमा घाम झुल्कीसकेपछि मात्रै नेपालीहरुको दिनचर्या सुरु हुने तथ्य पनि छ । नेपालकै शिरको रुपमा पनि परिचित छ । यसको अनेकौं विशेषता भएकाले पनि होला यहाँ हजारौं पर्यकहरु आउँने र रमाउने गर्दछन् । नेपालको सीमासंग जोडिएको स्थान भएकाले पनि यहाँ आन्तरिक तथा विदेशी पाहुनाहरुले औधि मन पराउँने गरेका छन् । यहाँ ठडिएको जंगे पिलर देखेर जो कोही जंगबहादुरको याद गर्ने गर्दछन् ।

सुर्य नअस्ताउने देशका शासकहरुलाई सूर्योद्यको पहिलो किरणमा नै कूटनीतिक पहल गर्ने जंगबहादुरको महिमा यो पिलरले पनि अझ दर्शाउने गरेको छ । यसको गौरवले नेपाली मात्रै होइन विदेशी पनि नेपालको बारेमा जान्ने मौका पाउँछन् । नेपाल सानो देश हो भन्ने दृष्टिलाई यो जंगेपिलरले अग्रेजहरुलाई कूटनीतिक माध्यमबाट जंगेपिलर नामकारण गराएको इतिहास देखेर मन्त्र मुग्ध हुने गर्दछन् । यो जंगेपिलरले नेपालकोे पहिचान र सन्दकपुरको प्रतिनिधित्व झल्काउँछ । यही जंगेपिलरले हामी नेपाली भूमि मै छौं भन्ने दर्शाउँछ । उता जंगे पिलरसंगै पारी भारतीय एसएसबीको क्याम्प र अन्य सरकारी संरचना छन् ।

आफ्नो भूमिमा रहेर पनि सुरक्षित छ भन्ने कुनै अनुुभूति गर्न नसकिने मेरो देशको सन्दकपुरमा राज्यको नजर कहिले पर्छ ? यहाँका जनताले सीमाक्षेत्रमा सरकार छ भन्ने आभाष कहिले गर्ने ? यहाँको संरचना हेर्दा सरकार छ भन्ने आभाष सायदै अनुभुति गर्न सकिन्छ । त्यसैले हाम्रो देशको सीमानामा बस्ने नेपालीले पनि सरकारको अनुभुति गर्न पाउँनु पर्ने होइन र ? भारतीय पक्षले यस क्षेत्रमा प्रयाप्त संरचना र होटल बनाइरहदा यता हाम्रो क्षेत्रमा भने औलामा गन्न सकिने पनि संरचना निर्माण भएको देखिदैन । हो प्राकृतिक, सांस्कृतिक, धार्मिक र प्राचिन महत्व बोकेको यो ठाउँले नेपालको प्रतिनिधित्व भित्र विविध खाले संरचनाको उपस्थिति खोजिरहेको छ ।

के यहाँ राज्यको उपस्थिति र सामाजिक सुरक्षाको प्रत्याभूति हुनु पर्दैन र ? आम जनताको प्रश्न छ । आफ्नो प्राकृतिक सुुन्दरतालाई अझ सिङ्र्गान यहाँ राज्यको उपस्थिति जरुरी छ । धार्मिक तथा सांस्कृतिक पर्यटन विकास गरेर लैजाने हो भने यसको महत्व अझ बढेर जानेछ । यहाँबाट नेपाल लगायत तीन देशका सुन्दर हिमश्रिङ्खलाहरुसंगै समथर फाटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । नेपाल भारत, भूूटान लगायतका ६१ हिमाल यहाँबाट सहजै हेर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सन्दकपुरले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चिसो हावा पानीले स्वागत गरिरहेको छ । सन्दकपुरको न्यानो स्वागतलाई स्वीकार्न आम नेपाली र विश्व जगतले दिल खोलेर स्वागत गर्दै आफ्ना पदचापहरु अघिबढाउने हो भने यहाँ सरकारको पनि दरिलो उपस्थिति हुन जरुरी छ ।

भिडियो 

 


Thali Mobile Pvt.Ltd.