भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मिसनमा एक लाख ४७ हजार, महिला थप्ने योजनामा नेपाली सेना

मिसनमा एक लाख ४७ हजार, महिला थप्ने योजनामा नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १० हजार सेना पठाउने नेपालले प्रतिबद्धता जनाएको छ । शान्ति स्थापक मिसनमा पाँच सय ७३ जना महिला सैनिक कार्यरत रहेका छन् । हालसम्म दुई हजार तीन सय ७६ महिला सैनिकले मिसनमा काम गरिसकेको पछिल्लो तथ्यांकले देखाएको छ । सन् २०२८ सम्म मिसनमा फौजी महिलाको संख्या १५ प्रतिशत तथा सैन्य पर्यवेक्षक तथा स्टाफ अफिसरको संख्या २५ प्रतिशत पुर्‍याउने लक्ष्य राष्ट्रसंघले लिएको छ ।

नेपाली सेना क्रमिक रूपमा महिलाको संख्या बढाउने पक्षमा रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सहभागिता जनाउन थालेको ६५ वर्षमा एक लाख ४७ हजार सात सय ४० नेपाली सैनिकले विभिन्न देशमा शान्ति स्थापनार्थ काम गरेका छन् । कर्तव्य पूरा गर्ने सिलसिलामा ६५ सैनिकले ज्यान पनि गुमाएका छन् । सोही क्रममा ६६ जना घाइते भएका छन् । सन् १९५५ मा राष्ट्रसंघको सदस्य भएको नेपालले १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको थियो ।

सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो । त्यहाँ खटिएको पुरानो गोरख गण नै शान्ति स्थापक मिसनमा नेपालको पहिलो फौजी मिसन हो । नेपाली सेनाका अनुसार ६५ वर्षमा कुल ४४ मिसनमा नेपाली सैनिकले काम गरेका छन् । त्यहाँ धेरै सैनिक पठाउनेमा नेपाल दोस्रो मुलुक हो ।

यसैबीच अफ्रिकाको मालीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेसन मिसन इन माली) १५ पुसपछि बन्द हुने भएको छ । त्यहाँ खटिएका एक सय ८२ नेपाली सैनिकमध्ये पहिलो चरणमा ९३ जना र दोस्रो चरणमा सोमबार ५९ जना फिर्ता भएका छन् । बाँकी १६ जना सैनिक निकट भविष्यमै फिर्ता हुने सैनिक प्रवक्ता भण्डारीले बताए ।

इन्जिनियरिङ गुल्म नवौँ डफ्फाका शान्ति सैनिकहरू सेनानी प्रज्ज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरूसहित सोमबार स्वदेश फर्केका छन् । माली मिसन बन्द भए पनि राष्ट्रसंघीय मिसनमा धेरै सैनिक पठाउने दोस्रो मुलुकको स्थान भने नेपालले जोगाउनेछ । तर, अहिले सबैभन्दा धेरै सैनिक पठाउनेमा पहिलो बंगलादेश तेस्रो स्थानमा र हाल तेस्रो स्थानमा रहेको भारत पहिलो स्थानमा पुग्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.