भिजिट भिसामा विदेश पठाउने ३४ जना पक्राउ, रंगेहात पक्राउ परेकाबाट खुल्यो पोल

भिजिट भिसामा विदेश पठाउने ३४ जना पक्राउ, रंगेहात पक्राउ परेकाबाट खुल्यो पोल image

काठमाडौं । विभागका कर्मचारीलाई नयाँ नयाँ मोबाइल दिएर भिजिट भिसामा मानवतस्करी हुने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकै संस्थागत संलग्नता रहेको देखिएपछि अहिले अनुसन्धानलाई कडाइ पारिएको प्रहरीको भनाइ छ । पक्राउ परेका एक अध्यागमन अधिकृत र एजेन्टलाई कडाइकासाथ अनुसन्धान थालेको प्रहरीले दैनिक एक करोड रुपैयाँ बराबर घुस लेनदेन हुने गरेको तथ्य फेला परेको हो ।

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने ३४ जनालाई पक्राउ गरे लगतै यसको जालो हातमा आएको प्रहरीको दावी छ । थप अनुसन्धान गरिरहेको भन्दै अध्यागमन अधिकृत नरवीर खड्काले सबै पोल खोलेको स्रोतले बतायो । दुई लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका उनले सोधपुछकै क्रममा मुख खोलेका हुन । अध्यागमन कार्यालयभित्र संस्थागत रूपमै पैसा लेनदेनको कारोबार हुने गरेको उनले स्वीकार गरेका छन् ।

अध्यागमनबाट प्रहरीले अहिले थप प्रमाण संकलन गरिरहेको छ । सेटिङमा दैनिक दुई सयदेखि तीन सयजना भिजिट भिसामा रोजगारीका लागि विदेश जाने गरेका छन् । ३० हजारदेखि ५० हजार रुपैयाँ प्रतिव्यक्ति एजेन्टमार्फत अध्यागमनका कर्मचारीले घुस लिने गरेको प्रमाण भेटिएको छ । औसतमा हेर्ने हो भने दैनिक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको छ । तीन महिनामा अध्यागमन कर्मचारीलाई दुई करोड रुपैयाँ घुस बुझाइसकेको पक्राउ परेका एजेन्ट मनोज लामाले बताए ।

मनोज जस्ता दर्जनौँ एजेन्ट अध्यागमनमा सेटिङमा रहेको तथ्य बाहिर आएको छ । प्रहरीले उनीहरुलाई कहिले पक्राउ गर्छ त्यो भने हेर्न बाँकी छ । खासगरी कुवेत र संयुक्त अरब इमिरेट्समा भिजिट भिसामा पठाउन सेटिङ हुने देखिएको छ । भिजिट भिसामा गएका कतिपय त्यही बेचिएका छन् । त कति बिचल्लीमा परेर उद्धारको गुहार मागिरहेका छन् त कति फर्किएका छन् । भिजिट भिसामा मानवतस्करी गर्ने चारवटा समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउसमेत गरेको छ ।

त्यो जालोको अन्तिमसम्म पुग्नेगरी अनुसन्धान गरिरहेको छ । मानवतस्करीमा अध्यागमनका कर्मचारीको पनि मिलेमतो देखिएको छ । विस्तृत अनुसन्धान गरेपछि प्रहरीले सार्वजनिक गर्ने बताएको छ । अध्यागमनमा तीन सिफ्टमा ड्युटी खटाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए । कतिपय अवस्थामा यसरी ड्युटी खटाउने वेलामा पनि मिलेमतो हुने गरेको स्रोतले बताएको छ ।

अनुसन्धानबाट जोगिन अध्यागमनका कर्मचारीले छुट्टै मोबाइल बोक्ने गर्थे, त्यो मोबाइल पनि हरेक हप्ता परिवर्तन गरेर । हरेक एजेन्टहरूले नयाँ सिम र मोबाइल अध्यागमनका कर्मचारीलाई उपलब्ध गराउँने गरेको अपराध अनुसन्धान कार्यालयका अधिकारीकाहरू बताउँछन् । तिनै मोबाइलमा भिजिट भिसामा जानेहरूको सूची ह्वाट्सएपमा पठाइने गरेको खुलेको छ । सोही अनुसार अध्यागमनका कर्मचारीले सेटिङका व्यक्तिलाई प्रस्थान अनुमति दिने गरेका थिए ।

रंगेहात पक्राउ परेका अधिकृत नरवीर खड्काको मोबाइलमा त ६६ जनाको लिस्ट नै भेटिएको छ । विमानस्थल आपपासका होटेल र रेस्टुरेन्टलाई पैसा लेनदेनको अखडासमेत बनाएको खुलेको छ । अनुसन्धानबाट जोगिन यसो गरेको खड्काले बताए । होटेल तथा रेस्टुरेन्टका काउन्टरबाट धेरैले पैसा लिने गरेको र बाँडफाँट गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । उक्त तस्करीमा एयरलाइन्स कम्पनीहरूको समेत मिलेमतो देखिएको छ ।

यही विषयमा नेपाल एयरलाइन्सका त कर्मचारी नै पक्राउ परेका छन् । नक्कली दुईतर्फी टिकटकै आधारमा बोर्डिङ पास उपलब्ध गराएर मानवतस्करीमा सघाउँदै आएको प्रहरीले जनाएको छ । प्रतिव्यक्ति करिब १० हजार रुपैयाँ लिँदै आएको खुलेको छ । अध्यागमनमा संस्थागत भ्रष्टाचार हुदा समेत गृह मन्त्रालयलाई कुनै गुन्जायर नै नभएको नागरिकको गुनासो छ । तर प्रहरी पनि गृह मन्त्रालयमातहतकै भएकाले प्रहरीबाटै यसमा विस्तृत अनुसन्धान हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । मन्त्रालयले लामो समयदेखि अध्यागमनमा बस्दै आएका केही अधिकृतलाई भने हटाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • एकता शिशु निकेतन बोर्डिङ स्कुलमा शंकास्पद मृत्यु प्रकरणः वार्डेन, प्रिन्सिपलसहित तीन जना पक्राउ image

    एकता शिशु निकेतन बोर्डिङ स्कुलमा शंकास्पद मृत्यु प्रकरणः वार्डेन, प्रिन्सिपलसहित तीन जना पक्राउ

    चितवन । रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।...

  •  image

    सखुहवा । सशस्त्र प्रहरीले शुक्रबार साँझ गोली लोड गरिएको अवस्थामा पेस्तोल बरामद गरेको छ । सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, सखुहवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान...

  • कोदालो प्रहार गरेर श्रीमतीको हत्या image

    कोदालो प्रहार गरेर श्रीमतीको हत्या

    काठमाडौं । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।...

  • प्रभु बैंकका डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ image

    प्रभु बैंकका डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

    काठमाडौं । ऋण अपचलन गरेको अभियोगमा सिआइबीको टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon