पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिदैछन् । मुख्यमन्त्रीको शपथ लिएको आज जेठ २७ मा एक महिना पुगेकाले आजै उनले विश्वासको मतका लागि प्रस्ताव राख्न लागेका हुन् ।
मध्याह्न १२ बजे प्रदेशसभाको बैठक डाकेका छन् । यता प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले भने सत्ता पक्षको साथ छाडेका छन् । उनले साथ छोडेपछि मुख्यमन्त्री गुरूङलाई विश्वासको मत प्राप्त हुने सम्भावना टढेर गएको छ ।
