भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिदै

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिदै

हेटौंडा । बागमती प्रदेश सभाको दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

केही हप्ताअघि केन्द्र सरकारमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए । गएको पुस २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी र राप्रपाको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेल र

आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र जलस्रोत सिँचाइ र उर्जा मन्त्रीका रूपमा उद्धव थापासहित मन्त्रिपरिषद् गठन भएको थियो ।वर्तमान मन्त्रिपरिषदबाट राप्रपा बाहिरिसकेको छ । नेकपा एमाले भने कुनै प्रतिक्रिया नजनाई सरकारमा सहभागी भएको छ।

बागमती प्रदेश सभाका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टी गरी ७ दलका ११० जना सांसद छन् । वर्तमान सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री जम्कट्टेललाई ५६ मत आवश्यक पर्नेछ।

 


Thali Mobile Pvt.Ltd.