भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मुख्यमन्त्री राउतद्वारा दृष्टि विशेषज्ञ साहलाई बधाई

मुख्यमन्त्री राउतद्वारा दृष्टि विशेषज्ञ साहलाई बधाई

प्रदेश २ ।  मुख्यमन्त्री लालबावु राउतले अन्तर्राष्ट्रियस्तरको ‘आई हिरो अवार्ड’ बाट सम्मानित हुनुभएकोमा दृष्टि विशेषज्ञ दीपककुमार साहलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । “तपाईँ र तपाईँजस्ता दृष्टि विशेषज्ञको योगदानको चिरकालसम्म स्मरण हुनेछ”, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारीे गरेको बधाई सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ को महोत्तरी गाउँपालिका–६ गोरीगम्माका दृष्टि विशेषज्ञ साहको उत्तरोतर प्रगतिको समेत कामना गर्नुभएको छ । ‘द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्स ब्लाइन्डनेशन’ले आँखाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तीन विधा क्षेत्रमा प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘आई हेल्थ हिरो अवार्ड’ अन्तर्गत साहलाई सो अवार्ड प्रदान गरिएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.