भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मुगुमा २० घर जलेर नष्ट

मुगुमा २० घर जलेर नष्ट

मुगु । सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मंगलबार राती साढे १२ बजे सुरु भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको मुगु प्रहरीले जनाएको छ।

स्थानीय ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको आगो फैलिएको हो । आगलागी भएको जानकारी जिप्रकामा पुग्नासाथ तत्काल सुरक्षाकर्मी आगलागी नियन्त्रण्मा जुटेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्र बहादुर भट्टराईले बताए ।

आगलागीबाट मानवीय क्षती भने नभएको उनको भनाइ छ । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहभागीता रहेको थियो ।

१७ घर ३ वटा घुम्ती पसल खरानी भएका छन् भने करोडौंको धनमाल, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएको छ । आगलागी राति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कायालय मुगुले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.