भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मेयरमा पराजित अनितादेवीले लिइन सामान्य प्रशासनमन्त्रीको शपथ

मेयरमा पराजित अनितादेवीले लिइन सामान्य प्रशासनमन्त्रीको शपथ

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा जनमत पार्टीकी सांसद अनितादेवी साहले शपथ लिएकी छन् । बीच राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

शपथसँगै सरकारबाट एक पटक बाहिरिएको जनमतको पुनः इन्ट्री भएको छ । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतबाट अनितादेवी साहलाई मन्त्री बनाएको हो ।

जनमत पार्टीकी समानुपातिक सांसद हुन । उनी गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट टिकट पाएर जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी उनले जम्मा १ हजार ४ सय ३७ मत प्राप्त गर्दै सातौँ स्थानमा सीमित भएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.