भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोती दुगडका आफन्तको घरमा अब एमाले पार्टी कार्यालय

मोती दुगडका आफन्तको घरमा अब एमाले पार्टी कार्यालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीमा तयार गरिएको नयाँ केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।

पद्‍मा अर्याललगायतका नेताहरुसहित अनुगमन गर्न थापाथली पुगेका थिए । वैशाखदेखि थापाथलीबाट पार्टीका बैठक संचालन हुने एमालेले जनाएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने निश्चित भएको छ ।

सम्झौता अनुसार डेढ वर्ष अधि नै धुम्बाराहीबाट एमाले सर्न लागेको हो । सर्नेबारे जानकारी नै नदिएको घरबेटीको भनाई छ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडकै सल्लाह अनुसार दुगडका आफन्त सञ्जय अग्रवालको घरमा सर्न लागिएको हो ।

घरको भाडा कति हो भन्ने कुनै खुलाइएको छैन । सांसद, राज्यमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार बनिसकेका मोती दुगड प्रधानमन्त्रीका विश्वासका पात्र हुन ।

 


Thali Mobile Pvt.Ltd.