भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मोदी गाउँपालिकाद्वारा सुझाव माग

मोदी गाउँपालिकाद्वारा सुझाव माग

काठमाडाैं । जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० को नीति, कार्यक्रम तथा बजेटमा पालिकावासीसँग सुझाव माग गरेको छ । पालिकाको आगामी आर्थिक वर्ष ०७९÷८० का लागि नीति, बजेट र कार्यक्रम सार्वजनिक गर्ने बेला भइरहँदा पालिकाले सूचना जारी गर्दै नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने स्थानीय आवश्यकता र सम्भावना सहितको सुझाव पालिका, वडा कार्यालय वा इमेल ठेगानामार्फत पठाउन अनुरोध गरेको हो ।

बजेटमा सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व होस् र कोही पनि नागरिक पालिकाको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भनेर सुझाव माग गरिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । नेपालको संविधानद्वारा प्रदान स्थानीय तहको अधिकार, स्थानीय सरकार सञ्चालन ऐन २०७४, पन्ध्राैँ पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य, गाउँपालिकाको आवश्यकता, संस्थागत क्षमता, उपलब्ध स्रोत र साधनका आधारमा आगामी बजेट नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने रचनात्मक राय सुझाव दिन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

नीति तथा कार्यक्रम र बजेट पूर्ववडावडामा छलफल तथा योजना सङ्कलन गरिने भए पनि स्वदेश तथा विदेशमा रहनुभएकाहरुले पनि उक्त सुझाव दिन सकिने भएको छ । नागरिकस्तरबाट आएका महत्वपूर्ण सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा नागरिकहरुले बाँदर नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न, पकुवा–जिमिरे–खोरखोरे–गोतामेथर–डाडागुप्ते हुँदै रापुसम्म जाने बाटोको स्तरोन्नति र कालोपत्रका लागि प्राथमिकतामा राख्न, हरेक तीन÷तीन महिनामा सार्वजनिक सुनवाइ कार्यक्रम राखी जनतालाई पालिकाका गतिविधि जानकारी गराउन तथा आगामी बजेटलाई कृषिमैत्री र कृषि उपजको बजार व्यवस्थापनको व्यवस्था गर्ने गरी ल्याउन सुझाव दिएका छन् । त्यसैगरी ग्रामीण सडकको अप्ठ्यारा ठाउँहरुमा ढलान गर्न र गाउँपालिकाका सेवासुविधालाई छिटोछरितो बनाउन सुझाव दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.