भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

म्याग्दीमा फस्टाउँदै कौसीखेती

म्याग्दीमा फस्टाउँदै कौसीखेती

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारका गृहिणी पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएका छन् । समय कटाउन पनि सजिलो, आफैँले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा सङ्क्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणी कौसीखेतीतर्फ रमाउन थालेका हुन् । बेनी नगरपालिका– ७ र ८ मा पर्ने बेनीबजारमा एक हजार २०० भन्दाबढी घर छन् । तीमध्ये अधिकांश घरमा कौसीखेती गरिएको छ । अर्गानिक र विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमा नै बसेर तरकारीको स्याहार गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि कम हुने भएकाले कौसीखेती उपयोगी भएको बेनी नगरपालिका– ७ वीरेन्द्रचोककी सिर्जना भट्टचनले बताउनुभयो ।

उहाँ जस्तै बजारका ५० जना महिला र पुरुषले कौसीखेतीसम्बन्धी तालीम नै लिएर यो खेती शुरु गरेका हुन् । आफ्नो वडामा कौसीखेतीतर्फ गृहिणीको आकर्षण देखेर बेनी ७ ले दुई साताअघि कौसीखेतीसम्बन्धी तालीम नै सञ्चालन गरेको थियो । भान्छाबाट उत्पन्न फोहर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तासँग साझेदारीमा तालीम तथा आवश्यक साम्रगी खरीद गरी कौसीखेतीलाई व्यवस्थित गरेको बेनी नगरपालिका– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने प्रतिक्रिया दिनुभयो । तालीममा जैविक तरकारखेतीको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको थियो ।

वडा कार्यालयको वार्षिक बजेटअन्तर्गत उक्त तालीम सञ्चालन गरिएको थियो । तालीममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र उन्नत जातकोसमेत जानकारी गराइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । भान्साबाट निस्कने फोहरलाई व्यवस्थापन गरी मल बनाउन विधिसमेत तालीमसमेत प्राप्त गरेपछि सहज भएको बेनी बजारकी अर्की गृहिणी सोभिता श्रेष्ठले बताउनुभयो । तालीममा सहभागीले कौसीमा रोपेको तरकारीले पर्याप्त नभए पनि घरभित्रको फोहर व्यवस्थापन र समयको सदुपयोग हुने बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.