भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

म्यान्मार सेनाले गोली चलायो, ११४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार सेनाले गोली चलायो, ११४ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध सर्वसाधारणले गरेको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तीमा ११४ प्रदर्शनकारी मारिएका छन् ।

मारिने ११४ जनामा १३ वर्षीया किशोरीसहित २० भन्दा बढी बालबालिका रहेका छन् । सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएकै दिन सुरक्षाकर्मीको गोली लागी ११४ सर्वसाधारण मारिएका हुन् ।

पछिल्लो घटनासँगै म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि मारिने सर्वसाधारणको संख्या ४०० नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।myanmar death

 


Thali Mobile Pvt.Ltd.