भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु

राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु

डोटी । जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान शुरु भएको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका नौवटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन शुरु गरिएको हो । पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट शुरु गरिएको अभियान अहिले बोगटान फुड्सिल गाउँपालिकाका सबै वडाहरूमा शुरु भएको छ । बोगटान फुड्सिल गाउँपालिकाका सबै वडा कार्यालयबाट अभियानकै रूपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले जानकारी दिनुभयो ।

उक्त अभियानको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्ष भगवती बमले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सबै वडामा राष्ट्रिय परिचयपत्र वितरण अभियान शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लाका अन्य सात स्थानीय तहमा पनि केही दिन भित्रमै अभियान शुरु गरिने जिप्रकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.