भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

यस कारण आउँछ शरीरमा सेता धर्सा !

यस कारण आउँछ शरीरमा सेता धर्सा !

काठमाडाैं । छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नुले शरीरमा धर्सा आउँछ । तर शरीरमा सेता धर्सा आउने कारण भने विभिन्न छन् । केही रोगका कारण यस्ता धर्सा आउने गरेका छन् भने अधिकांशमा आउने कारण भने एउटै छ ।

बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण के हो ? बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिनु एउटा कारण हो । यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् ।

यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउादा धर्साहरु झनै बढी देखिन सक्छन् । युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् ।

स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.