भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यसरी नेपाल पुग्यो भारतीय अनुदानको खोप

यसरी नेपाल पुग्यो भारतीय अनुदानको खोप

काठमाडौ । भारत सरकारको अनुदान सहयोगमा कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

एयर इन्डियाको विमानबाट बिहीबार आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरे । कोभिसिल्ड खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लगिएको खोप सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए ।

टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकताको आधारमा पु¥याइने उनको भनाई छ । देशभर १६ हजार खोप केन्द्र रहेका छन् भने खोप लगाइदिने जनशक्ति ८ हजार छन् । खोप भित्रिएको एक साताभित्र खोप लगाउन सुरु गरिने स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.