भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

युक्रेनमा रूसी आक्रमणमा तीव्रता, ४० जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमणमा तीव्रता, ४० जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव धमाधम फेला पर्न थालेका छन् । युक्रेनको आवासीय भवन लक्षित आक्रमणको सर्वत्र विरोध भइरहेका बेला रुसले युक्रेनका पूर्वाधार र आवासीय भवन लक्षित आक्रमण नगरेको दाबी गर्दै आएको छ ।

रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसको रक्षा मन्त्रालयले बेलारुस सधै रुसको साथमा रहने स्पष्ट पारेको छ । मन्त्रालयले बेलारुस रुसको एयरफिल्डमा सहभागी हुने समेत जनाएको छ ।
उद्धारकै क्रममा भग्नावशेषमा च्यापिएकाहरुको थप शव फेला पर्न थालेको छ ।

आक्रमणमा वेपत्ता भएका ३२ जनाको खोजी कार्य जारी रहेको छ । रुसको पछिल्लो मिसाइल आक्रमणका कारण युक्रेनतर्फ ठूलो क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.