भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

युनाइटेड अरब इमिरेट्स पुगेका १७४ नेपाली कामदारको मृत्यु

युनाइटेड अरब इमिरेट्स पुगेका १७४ नेपाली कामदारको मृत्यु

काठमाडौं । यो आर्थिक वर्षमा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स पुगेका १७४ नेपाली कामदारको मृत्यु भएको छ ।

दुर्घटनालगायतका कारणले मृत्यु भएका १७४ जना नेपालीमध्ये १६७ जनाको शव स्वदेश पठाइएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । ७ जनाको युएईमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार युएईमा मृत्यु तथा घाइते भएकाहरूले पाउने रकम ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति नेपालको कन्सुलर शाखामार्फत पीडित परिवारलाई पठाइएको छ ।

दूतावासले आर्थिक वर्ष २०७८–०७९ मा १४ हजार १७१ पासपोर्ट जारी गरेको र ७५० जनालाई नेपाल फर्किन आवश्यक पर्ने ट्राभल डकुमेन्ट दिइएको जनाएको छ ।

१ हजार ७५६ वटा माग पत्र प्रमाणीकरण र ४७६ जनालाई भिसा जारी गरेको दूतावासको भनाइ छ । विभिन्न काममा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.