युरोपमा अमेरिकाले थप सेना पठाउँदै

युरोपमा अमेरिकाले थप सेना पठाउँदै

न्युयोर्क । अमेरिकाले युरोपमा थप सेना तैनाथ गराउने भएको छ । युक्रेन आक्रमणको अनुमानकाबीच बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने बताएका छन् । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउँद छ ।

त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सेना रोमानियामा जाने भएका छन् । अमेरिकी सेना परिचालनलाई रुसले विनाशकाले बुद्धि भनेको छ । रुस युक्रेन आक्रमणको योजनामा रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । युक्रेनले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा शान्ति कायम गर्ने बारे भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको रुसले आरोप लगाउँदै आएको छ ।

दोनबासमा रसिया समर्थित विद्रोहीले ठूलो भूभाग नियन्त्रणमा लिएका छन् । विद्रोही र युक्रेनका सुरक्षाकर्मीबीच सन् २०१४ देखि भएको युद्धमा कम्तिमा १४ हजार जनाको ज्यान गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.