काठमाडौं । जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने आयोगले मिति प्रस्ताव गरेपछि एमाले सचिवालयको बैठक बोलाएको छ ।
बैठक आज दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एमालेले जनाएको छ।
प्रधानमन्त्री देउवाले सो मितिमा सहमति जनाएपछि रणनीति र जनसंगठन सञ्चालन निर्देशिका निर्माणका विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको सचिवालयको भनाइ छ ।
एमाले सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहका छन् ।
