भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

योमरी पुन्हिः मनाइँदै

योमरी पुन्हिः मनाइँदै

नरेन्द्र बहादुर न्याछ्योँ / भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व आज मनाइँदैछ । नेवार समुदायले जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

काठमाडौं उपत्यका प्राय सबै उर्बर भुमी थियो । प्राचिन उपत्यकाको प्रारम्भमा बस्ती निकै कम भएको इतिहासले भन्छ। त्यस समय जाडोमा जीउ तताउने उपाय भनेकै आगो तप्ने, बाक्लो लुगा लगाउने मानिस मानिस सँगै बसेर तातो पानी खाने आदी थिए। त्यसै कारण मानिसले जीउ गरम गर्ने उपायको रुपमा मासु पोलेर, साँधेर तथा मासुको अरु परिकार बनएर खाने प्रचलन आएको होला ।

त्यस्तै चाकु खाए पछी जीउ तातेको अनुभबले घ्यु चाकु खानुका साथै जाडो महिनामा चाकु तिल पिसेर रोटी भित्र राखेर खाने चलन प्रारम्भ भयो होला । जीउ पनि तताउने मनतातो गरेर खान पनि मिल्ने भएकाले चाकु र कालो तिल पिनेर रोटी भित्र राखेर खाने रोटी मानिसहरुलाई मनपर्ने भएकाले यस्तो रोटीको नाम यःमरी राखेको हुन पर्दछ ।

यःमरी जस्तै बनाइ मास भिजायी रोटी भित्र राखी खान सुरुवात भएको हुन पर्छ । त्यतै मासुले तागत दिने भएकाले मासु पिनेर यःमरी रोटी बनाएको होला। त्यसरीनै मास को यःमरी मायो तिल चाकुको यःमरी बायो र मासुको यःमरी चुंला यःमरी नाम रहन गएको होला । यःमरी नेवार समुदयको सास्कृतिक धरातल हो ।

प्रत्येक साल नयाँ धान घर भित्राएर बनेको चामलबाट यसलाई बनाउने प्रचलन थियो । तर काठमाडौं आसपास न बासिन्द मध्ये धेरै काठमाडौं बाहिर बसोबास गरिरहेको र काठमाडौंमा भएका हालका जम्मा जनसंख्याको करीब २५ मात्र नेवार समुदय छ । त्यसमा पनि नेवार संस्कृती मानेर बस्ने कम हुँदै गइरहेकाले यो जातीको साँस्कृतिक पक्ष कम्जोर भएको पाइन्छ ।

yomari काठमाडौं उपत्यकामा अन्न उब्जने ठाउँमा सिमेन्टका घर बन्दैछन, यस कारणले पनि नेवार समुदायको धरोहर साँस्कृतिक पक्ष कम्जोर भैरहेको पाइन्छ । अतः यो साँस्कृतिक पक्षलाई बचाइ राख्न, यःमरी नेपालको सास्कृतिक धन मानी यसको उपयोगिताबाट मानब मात्रको कल्याण र हित चितायो । यःमरी परम्परालाई जगेर्ना गर्न आवश्यक छ ।

 


Thali Mobile Pvt.Ltd.